काठमाडौँ : सपोर्ट लघुवित्त बित्तिय संस्थाद्वारा आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक ४ गते आइतबार बसेको २३२ औं संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १४.५ प्रतिशत लाभांश घोषणा गरेको हो। जस अनुसार बैंकले चुक्तापुँजी १३ .७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
हाल लघुवित्तको कुल चुक्तापुंजी १० करोड ७६ लाख रहेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण हुनेछ।



