काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गरेका छन्। चालु आर्थिक वर्षको पहिलो साउनदेखि भदौसम्म बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन्। जसमा साउनमा मात्र ९ अर्ब १७ करोड र भदौमा ८ अर्ब ५२ करोडले खुद नाफा कमाएका छन् ।
नबिल र ग्लोबल आईएमईको अग्रता :
दुई महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक शीर्ष स्थानमा छ। नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यसपछि ग्लोबल आईएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा गर्दै दोस्रो स्थानमा रहेको छ।
अन्य प्रमुख बैंकहरूको नाफा :
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : १ अर्ब ४१ करोड
हिमालयन बैंक : १ अर्ब १६ करोड
कुमारी बैंक : १ अर्ब ८ करोड
प्राइम कमर्सियल बैंक : ९७ करोड ४७ लाख
प्रभु बैंक : ९१ करोड ३२ लाख
कृषि विकास बैंक : ८८ करोड ७० लाख
राष्ट्रिय वाणिज्य बैंक : ८८ करोड
लक्ष्मी सनराइज बैंक : ८६ करोड ४६ लाख
अन्य बैंकहरूको योगदान :
एभरेष्ट बैंक : ८२ करोड ५५ लाख
एनएमबि बैंक : ७८ करोड
सानिमा बैंक : ६८ करोड ९२ लाख
नेपाल बैंक लिमिटेड : ६७ करोड ८२ लाख
स्टाण्डर्ड चार्टर्ड बैंक : ६० करोड ६३ लाख
सिद्धार्थ बैंक : ६० करोड ५६ लाख
सिटिजन्स बैंक : ५८ करोड ९८ लाख
एनआईसी एसिया बैंक : ५७ करोड ७५ लाख
नेपाल एसबीआई बैंक : ५३ करोड ३९ लाख
माछापुच्छ्रे बैंक : ३९ करोड २४ लाख
यस तथ्यांकले नेपालका वाणिज्य बैंकहरूको मुनाफामा उल्लेखनीय वृद्धि भएको देखाउँछ।



