काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’बीचको सम्झौताअनुसार एनआईएमबीका ग्राहकहरूले ‘हार्ड रक क्याफे’मा फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विशेष छुट प्राप्त गर्ने भएका छन्।
यो छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ्ग) प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न छुट र सुविधाहरू प्रदान गर्दै आएको छ। यस छुटको विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।



