२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अरूण भ्यालीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 2.0K
    SHARES
  • अरूण भ्यालीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो।

    कम्पनीले आफ्नो वार्षिक साधारणसभा र लाभांश वितरणका लागि भोलि कात्तिक ५ बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अर्थमा आजसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउन योग्य हुनेछन्।

    साधारणसभाका लागि कम्पनीले आउँदो कात्तिक १४ गते २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौँको होटल क्रिष्टल पशुपति, गौशालामा बिहान ११ बजे सुरु हुनेछ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    कम्पनीको आगामी वार्षिक साधारण सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी र जारी पुँजीमा वृद्धि हुने निर्णयसँगै सोही अनुरूप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। यससँगै, नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई ध्यानमा राख्दै आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

    साथै, सभाले लिखु खोला जलविद्युत् आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ। यस निर्णयले जलविद्युत् आयोजनाको प्रगतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ