२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसईई फेल भए पनि सीटीईभीटीको प्रि-डिप्लोमा तहमा भर्ना पाउने

images

  • २०८१ कात्तिक ३, शनिबार
  • 1.2K
    SHARES
  • एसईई फेल भए पनि सीटीईभीटीको प्रि-डिप्लोमा तहमा भर्ना पाउने

    काठमाडौं : अब माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने प्रि-डिप्लोमा तहमा अध्ययन गर्ने बाटो खुला भएको छ। यसअन्तर्गत एसईईमा पास हुन नसकेका विद्यार्थीहरू पनि प्रि-डिप्लोमा तहको कोर्समा भर्ना हुन सक्नेछन्। परिषद्ले हालै निर्देशिका संशोधन गर्दै अनुत्तीर्ण विद्यार्थीहरूलाई पनि यो अवसर दिन निर्णय गरेको हो।

    नयाँ निर्देशिकाअनुसार प्रि-डिप्लोमा तहमा भर्ना हुनका लागि एसईई वा एसएलसी परीक्षामा सहभागी मात्र भए पुग्नेछ। उत्तीर्ण हुनु अनिवार्य छैन। यसअघि भने प्रि-डिप्लोमा तहमा भर्ना हुनका लागि परीक्षामा पास हुनु पर्ने बाध्यता थियो। परिषद्का सहपरीक्षा नियन्त्रक गोविन्दकुमार श्रेष्ठका अनुसार, अब परीक्षा दिएर नतिजा नआएका वा अनुत्तीर्ण भएका विद्यार्थीहरूले पनि यो अवसर प्राप्त गर्न सक्छन्।

    के हो प्रि-डिप्लोमा तह?

    सीटीईभीटीले विभिन्न प्राविधिक र व्यावसायिक विषयमा शिक्षा प्रदान गर्दै आएको छ। जसमा मुख्यत: कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ समावेश छन्। यी कार्यक्रमहरू दुई तहमा सञ्चालन हुन्छन्।  १८ महिने प्रि-डिप्लोमा र ३ वर्षे डिप्लोमा तह।

    प्रि-डिप्लोमा तहमा १५ महिने सैद्धान्तिक अध्ययन र ३ महिने प्रयोगात्मक तालिम हुन्छ। यो कोर्स पूरा गरेपछि विद्यार्थीहरूले स्नातक तहको शिक्षा लिन कक्षा ११ र १२ उत्तीर्ण गर्नु अनिवार्य हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ