काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सभापति रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौं र पोखरामा प्रदर्शनको घोषणा गरेको छ।
शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ बजे काठमाडौंको माइतिघर मण्डलामा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धता’मा प्रदर्शन गरिने बताइएको छ।
शुक्रबार रास्वपाको वनस्थलीस्थित पार्टी कार्यालयबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी पोखरा पुर्याएको थियो। कास्की जिल्ला अदालतले लामिछानेसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
उनलाई संगठित अपराध र सहकारी ठगीको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले मुद्दा चलाउने तयारी गरेको छ।



