२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अक्टोबर ७ का मुख्य योजनाकार याह्या सिनवारको मृत्यु पुष्टि: इजरायलको नयाँ लक्ष्य बन्धकहरूको रिहाइ

images

  • २०८१ कात्तिक २, शुक्रबार
  • 821
    SHARES
  • अक्टोबर ७ का मुख्य योजनाकार याह्या सिनवारको मृत्यु पुष्टि: इजरायलको नयाँ लक्ष्य बन्धकहरूको रिहाइ

    काठमाडौँ : इजरायलको आक्रमणमा हमास समूहका शीर्ष नेता याह्या सिनवार मारिएका छन।  जसले गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमास आक्रमणको योजना बनाएका थिए। सिनवार लामो समय भूमिगत रहेका थिए। इजरायलले उनको मृत्युको पुष्टि गर्दै आक्रमण सफल भएको जनाएको छ।

    हमासद्वारा इजरायलमा गरिएको उक्त आक्रमणमा १० नेपाली विद्यार्थी सहित १ हजार २ सय भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए। साथै हमासले नेपाली विपिन जोशीसहित इजरायली र अन्य विदेशी नागरिक गरी लगभग २ सय ५० जनालाई बन्धक बनाएको थियो। पछिल्लो एक वर्षमा इजरायलले हमासका नेताहरूलाई लक्षित गर्दै तीव्र आक्रमण गरेको छ। जसमा ४१ हजार भन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिनवारको मृत्युपछि बन्धकहरूको खोजी र रिहाइ अबको प्राथमिकता रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सिनवारको मृत्युलाई सकारात्मक रुपमा लिँदै यसलाई खुशीको खबर भनेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ