काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशाला विवादमा हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न निर्देशन दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते कोषलाई पत्राचार गरी शान्ति सुरक्षामा समस्या उत्पन्न भएको कारण देखाउँदै यो निर्देशन जारी गरेका हो।
धर्मशालाको व्यवस्थापन काठमाडौँ महानगरपालिकालाई दिने उद्देश्यले कोषले ७ बुँदे समझदारी गरिसकेको भए पनि मारवाडी सेवा समितिले यसमा विरोध गर्दै आएको थियो। विवाद बढ्दै जाँदा मन्त्रीले उक्त कार्यलाई तत्काल रोकेर विवाद समाधानको मार्ग खोज्न कोषलाई निर्देशन दिएको हो।



