२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माटोका भाँडाबाट मासिक ८० हजार आम्दानी : सुरज पण्डितको सफलताको कथा

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.5K
    SHARES
  • माटोका भाँडाबाट मासिक ८० हजार आम्दानी : सुरज पण्डितको सफलताको कथा

    काठमाडौँ : इटहरी उपमहानगरपालिका - ६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मासिक ८० हजारसम्म आम्दानी गर्दै आएका छन्। आधुनिक समयमा माटोका भाँडा प्रयोग केही कम भए पनि पण्डितले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् र यसबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।

    उनको इनरुवामा माटोको भाँडा बनाउने कारखाना छ। जहाँ उनले परम्परागत शैलीमा विभिन्न प्रकारका भाँडाकुँडा उत्पादन गर्छन्। यी भाँडा स्थानीय बजारहरूमा विशेष गरी इटहरीमा बिक्री हुने गर्छन्। व्यापारीहरूले प्रायः कारखानामै आएर सामान खरिद गर्छन। जसले गर्दा उनलाई बजारमा बेच्न ठूलो समस्या हुँदैन।

    माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरिएको छ। माटोको गुणस्तर राम्रो हुनु जरुरी छ। किनकि माटो राम्रो नहुँदा भाँडाकुँडा राम्रोसँग बन्न सक्दैनन्। एक ट्रयाक्टर माटो ल्याउन करिब रु १२ हजारदेखि १८ हजारसम्म खर्च हुने गर्छ। यसबाट करिब रु १ लाख ५० हजारको सामान बनाउन सकिन्छ।

    पण्डितले रक्सी बनाउने पैनि, गमला, गाग्रो, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, गिलासलगायत विभिन्न सामग्री बनाउँछन्। यी सामग्रीहरू पूर्वी नेपालका विभिन्न जिल्ला - झापा, मोरङ, पाँचथर, इलाम, धनकुटा लगायतका स्थानहरूमा पनि पठाइन्छ।

    पण्डितका अनुसार माटोका सामान बनाउँदा मागअनुसार सामग्री उत्पादन गर्न सकेमा बिक्रीमा कुनै समस्या हुँदैन। मासिक रूपमा घरखर्च कटाएर पनि रु ८० हजारभन्दा बढी आम्दानी गर्न सकिने उनको अनुभव छ।

    इटहरीका अर्का व्यापारी युवराज काफ्लेले पनि माटोका भाँडाहरूको व्यापार सुरु गरेका छन्। उनले माटोका सामानहरू इनरुवा, विराटनगर, भारतलगायत स्थानबाट खरिद गरी बिक्री गर्दै आएका छन्। उनका अनुसार माटोका भाँडाहरू जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने सामग्री भएकाले यसको व्यापारले सिजनअनुसार राम्रो आम्दानी दिन्छ।

    दुवै व्यापारीले माटोका भाँडाहरूको संरक्षण र प्रवर्द्धनका लागि सरकारी सहयोगको आवश्यकता रहेको औंल्याएका छन। किनकि परम्परागत यस पेसाको महत्त्व अझै कायम छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ