काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न संस्थाहरूले ठूलो रकम सहयोग गरेका छन्। ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र अन्य कम्पनीहरूले ५ करोडको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभयो।
यस क्रममा, नेपाल इन्स्योरेन्सले ५० लाख, एनएमबी बैंकले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सले २५ लाख सहयोग गरेको छ। यसरी आजको मिति सम्म प्रधानमन्त्री ओलीलाई कुल १० करोड २६ लाख रुपैयाँको सहयोग प्राप्त भएको छ।
प्रधानमन्त्री ओलीले यस्तो सहयोग संकटको समयमा अत्यन्त महत्त्वपूर्ण र अमूल्य भएको बताए।



