काठमाडौँ : नेपालमा एसएमएल इसुजु गाडीको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले "दशै तिहारको बेला, उपहारै उपहारको मेला" नामक विशेष अफर सार्वजनिक गरेको छ। दशै र तिहारजस्ता चाडपर्वलाई ध्यानमा राख्दै ल्याइएको यस अफर अन्तर्गत नयाँ बस, ट्रक वा टिपर खरिद गर्ने ग्राहकले श्योर सट उपहार पाउने भएका छन्।
कम्पनीका अनुसार, गाडी खरिद गर्ने ग्राहकले फ्रिज, माइक्रोवेभ ओभन, वासिङ मेसिन, एसी, एलईडी टीभी वा प्रोजेक्टरमध्ये कुनै एक उपहार पक्का पाउनेछन्।
एसएमएल इसुजुले १४ सिटदेखि ५५ सिट क्षमतासम्मका स्कुल र स्टाफ बस, ३ देखि ९ टन क्षमताका ट्रक र ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रक उत्पादन गर्दै आएको छ। मजबुत बनावट र इन्धन किफायती विशेषताको कारण कम्पनीका गाडीहरू नेपालमा लोकप्रिय बनेका छन्।
यस अफर अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म फाइनान्स सुविधा र विशेष छुट पाउनेछन। जसले गाडी खरिद प्रक्रियालाई अझ सरल बनाएको छ।
लक्ष्मी कमर्सियल भेइकल्सले एसएमएल इसुजु गाडीको व्यापारलाई बढावा दिँदै दशै तिहारको माहोलमा ग्राहकलाई विशेष अनुभूति गराउन यो योजना ल्याएको हो। लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित व्यापारिक घराना हो। नेपालमा हुन्डाई र बीएमडब्लु जस्ता ब्रान्डका आधिकारिक वितरक पनि हो।



