२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री खुला

images

  • २०८१ असोज २०, आइतबार
  • 2.0K
    SHARES
  • आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री खुला

    काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दसैँको अवसरमा उपभोक्तालाई सुपथ मूल्यमा खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ। यस वर्ष कम्पनीले खसी बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकी १० रुपैयाँ छुटसहित ६ सय ६० रुपैयाँमा बिक्री सुरु गरेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ३० रुपैयाँ तोकी १ हजार २ सय २० रुपैयाँमा बिक्री गरेको छ।

    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले २ सय ८ खसी बोका हेटौँडाबाट पहिलो लटमा आइपुगेको र ३ सय च्याङ्ग्रा मुस्ताङबाट ल्याएको जानकारी दिएकी छिन्। यस वर्ष दसैँमा कम्पनीले १ हजार ५ सय खसी बोका र ३ सय च्याङ्ग्रा गरी कुल १ हजार ८ सय बेच्ने लक्ष्य राखेको छ।

    निजी व्यवसायीहरूले भने घटस्थापनाको दिनदेखि नै खसी बोका बिक्री सुरु गरिसकेका छन्। किनकि दसैँमा खसी बोकाको माग अत्यधिक हुने गर्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ