काठमाडौँ: मुग्लिन सडकखण्डमा ठूला सवारी साधनहरूमा रोक लगाइएको छ। चितवनको नारायणघाटबाट काठमाडौंमा प्रवेश गर्ने ठूला सवारी साधनहरूको सञ्चालनमा रोक लगाइएको हो।
यातायात व्यवस्था विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनहरूमा रोक लगाइएको छ। यो रोक दसैँको पूर्णिमासम्म लागू हुने जनाएको छ।
यसबीच खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका ढुवानी सवारी साधनहरू भने निरन्तर चल्न पाउनेछन्। विभागले दसैँको समयमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न यो निर्णय लिइएको स्पष्ट पारेको छ।



