२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइपिओ ल्याउन लागेको मारूती सिमेन्ट्सद्वारा लाभांष घोषणा

images

  • २०८१ असोज १८, शुक्रबार
  • 2.5K
    SHARES
  • आइपिओ ल्याउन लागेको मारूती सिमेन्ट्सद्वारा लाभांष घोषणा

    काठमाडौँ : मारूती सिमेन्ट्सद्वारा लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको हो। यो लाभांश करसहित चुक्ता पुँजीको आधारमा सेयरधनीहरूलाई वितरण गरिनेछ।

    कम्पनीले ३०औँ वार्षिक साधारण सभा कात्तिक ११ गते बिहान ११:३० बजे बिराटनगरमा बोलाएको छ। सभामा विभिन्न विषयहरूमा छलफल हुनेछ।

    जसमा प्रमुख रूपमा निम्न विषयहरू समावेश छन् :

    १ ) आर्थिक वर्ष २०८०/८१ को लागि संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख रुपैयाँ भन्दा माथिको रकम अनुमोदन।
    २) संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन।
    ३) आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण।
    ४) संचालक समितिले विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८०/८१ का अन्य निर्णयहरूको अनुमोदन।

    यस साधारण सभामा कम्पनीले सेयरधनीहरूको सहमति प्राप्त गरेर सबै निर्णयलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ