२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीपी राजमार्ग बाढी र पहिरोको चपेटामा, दशैंअघि खुल्ने सम्भावना शून्य

images

  • २०८१ असोज १७, बिहीबार
  • 5.1K
    SHARES
  • वीपी राजमार्ग बाढी र पहिरोको चपेटामा, दशैंअघि खुल्ने सम्भावना शून्य

    काठमाडौँ : वीपी राजमार्गको करिब १२ किलोमिटर सडक पूर्णरूपमा बगेको र अन्य भागहरूमा पहिरोको कारण सवारी साधन रोकिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंअघि यो मार्ग खुलाउन सम्भव नहुने जनाएको छ। हेलिकप्टरबाट गरिएको निरीक्षणपछि मन्त्रालयले यस्तो निष्कर्ष निकालेको हो।

    रोशी खोलाको पानीको बहाव र पहिरो सफा गर्ने काम भइरहेको भए पनि तत्काल पूर्णरूपमा यातायात सञ्चालन गर्न कठिन हुने देखिएको छ। अस्थायी रुपमा विकल्पहरूको प्रयोग गरेर सडक सञ्चालन गर्ने प्रयास भइरहेको भए पनि बाढी र पहिरोले चौकी डाँडा कालढुंगा खण्डमा करिब १८ किलोमिटर सडकमा गम्भीर समस्या देखिएको छ।

    मन्त्रालयले दशैं अघि राजमार्ग पुनः सञ्चालनमा ल्याउन असम्भव रहेको भन्दै थप समय लाग्ने जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ