२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा भारतको सहयोगमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल निर्माण

images

  • २०८१ असोज १७, बिहीबार
  • 1.3K
    SHARES
  • नेपालमा भारतको सहयोगमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल निर्माण

    काठमाडौँ : भारत सरकारको अनुदान सहयोगमा दुईवटा महत्वपूर्ण पेट्रोलियम पाइपलाइन परियोजनाहरू निर्माण हुने निश्चित भएको छ। यस परियोजना नेपाल र भारतबीचको सहकार्यमा हुनेछ।

    पहिलो परियोजना भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन हुनेछ। जसमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल पनि निर्माण हुनेछ। यस परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ।

    दोस्रो परियोजना भने नेपालको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन हो। चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल पनि बन्नेछ। जसमा भारतको प्राविधिक सहयोग र नेपाल आयल निगमको लगानी हुनेछ।

    यस परियोजनाहरूले नेपालमा पेट्रोलियम आपूर्तिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ