२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अष्ट्रेलियामा विद्यार्थी भिसा आवेदनमा ठूलो गिरावट, नयाँ शुल्क र नीतिहरूको प्रभाव

images

  • २०८१ असोज १७, बिहीबार
  • 3.0K
    SHARES
  • अष्ट्रेलियामा विद्यार्थी भिसा आवेदनमा ठूलो गिरावट, नयाँ शुल्क र नीतिहरूको प्रभाव

    काठमाडौँ: अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदन संख्या लगभग आधाले घटेको छ।

    नाइन इन्टरटेनमेन्ट पत्रिकाको बिहीबारको रिपोर्ट अनुसार अष्ट्रेलियाको शिक्षा विभागले उपलब्ध गराएको तथ्यांकमा अगस्ट महिनामा विदेशबाट १५ हजार २सय ७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता गरिएका छन्। यो संख्या २०२३ को अगस्टमा ३० हजार ७ सय ३० को आधा हो।

    यसै क्रममा जुलाईमा १८ हजार ६ सय ९७ विद्यार्थीहरूले भिसाको लागि आवेदन दिएका थि। जुन २०२३ को सोही महिनामा ३६ हजार २ सय ७ विदेशी विद्यार्थीहरूको आवेदनको तुलनामा कमी हो।

    अष्ट्रेलिया सरकारले हालै अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्कलाई ७ सय १० अष्ट्रेलियाली डलरबाट १ हजार ६ सय अष्ट्रेलियाली डलरमा बढाएको छ।

    अष्ट्रेलियाको सरकारद्वारा अगस्टमा उच्च आप्रवासी प्रवेश घटाउने व्यापक रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई २ लाख ७० हजार मा सीमित गर्ने योजना पनि घोषणा गरिएको थियो।

    नवीनतम तथ्यांकअनुसार अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरूको संख्या जुलाई र अगस्ट २०२३ मा १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर ४ हजार ३८३ पुगेको छ।

    त्यसैगरी फिलिपिन्सका आवेदनहरू ५ हजार १२६ बाट घटेर ८ सय ४९ र पाकिस्तानका ४ हजार २ सय ३४ आवेदनहरू ६ सय १६ मा झरेका छन्।

    चिनियाँ विद्यार्थीहरूको भिसा आवेदन भने २०२३ र २०२४ को बीचमा १० प्रतिशतभन्दा कमले घटेको छ।

    अष्ट्रेलियाका विश्वविद्यालयहरूको सर्वोच्च निकाय "युनिभर्सिटिज अस्ट्रेलिया" ले सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थतन्त्रमा अर्बौं डलरको घाटा पुर्याउने र उच्च शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुमाउने चेतावनी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ