२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दशैं–तिहारमा १३ दिनको बिदा, बैंकका कर्मचारीहरूको लागि सुनौलो अवसर

images

  • २०८१ असोज १७, बिहीबार
  • 5.3K
    SHARES
  • दशैं–तिहारमा १३ दिनको बिदा, बैंकका कर्मचारीहरूको लागि सुनौलो अवसर

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले दशैं–तिहारमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि १३ दिन बिदाको व्यवस्था गरेको छ। जसले गर्दा उनीहरूले आफ्नो घरमा समय बिताउन पर्याप्त अवसर पाउनेछन्। बिदा व्यवस्थापन अनुसार दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा पाउने छन। साथै छठ पर्व र अन्य पर्वहरूको लागि पनि छुट्टै बिदा दिइएको छ।

    दशैं बिदा:
    दशैंका लागि कर्मचारीहरूले असोज २४ देखि असोज २८ सम्म पाँच दिनको निरन्तर बिदा पाउने छन्। साथै घटस्थापनाको दिन आज असोज १७ मा बैंकहरू बन्द छन् जसले गर्दा कुल बिदा ६ दिन हुन्छ।

    तिहार बिदा:
    तिहारमा बैंकका कर्मचारीहरूले कात्तिक १५ देखि १९ सम्म पाँच दिनको बिदा पाउनेछन्। यस अवधिमा भाइटीकाको दिन (कात्तिक १८) पनि समावेश। र कात्तिक १९ मा थप बिदा पाउनेछन्।

    अन्य बिदाहरू:
    छठ पर्वमा कात्तिक २२ र फाल्गुनन्द जयन्तीमा कात्तिक २५ मा विशेष धर्ममा आस्था राख्ने कर्मचारीहरूले बिदा पाउने छन्। यसैगरी कात्तिक ३० मा गुरु नानक जयन्तीको बिदा पनि छ। जुन शिख धर्मावलम्बीहरूका लागि मात्र हुनेछ।

    राष्ट्र बैंकले धर्म, संस्कृति र स्थानविशेष लाई ध्यानमा राख्दै सम्बन्धित कर्मचारीहरूले आफ्ना विशेष पर्वहरूको बिदा स्वयम् घोषणा गरी अग्रिम जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ