२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२६.०७ अङ्कले घट्यो नेप्से, ६ अर्ब ७७ करोडको कारोबार

images

  • २०८१ असोज १६, बुधबार
  • 1.5K
    SHARES
  • २६.०७ अङ्कले घट्यो  नेप्से, ६ अर्ब ७७ करोडको कारोबार

    काठमाडौँ : आज साताको चौथो कारोबार दिन नेप्से २६.०७ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ४.१० अंक, फ्लोट इण्डेक्स १.६५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ।

    आज १३ मध्ये १ उपसमूहको परिसूचकमा गिरावट आएको छ भने १ वटा उपसमूहको परिसूचक वृद्धि भएको छ। आज कारोबारमा आएका ३ सय १० कम्पनीमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८७ कम्पनीको घटेको छ तथा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज नेपाल फाइनान्सको २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख तथा गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज कारोबार रकम भने घटेको छ। हिजो मंगलबार ७ अर्ब ६१ करोड ६५ लाखको शेयर कारोबार भएको बजारमा आज ३ सय १० कम्पनीको ८३ हजार ८१ पटकको कारोबारमा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९९ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज थ्रिस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ