काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ भने २५ जना बेपत्ता छन् तथा १ सय ५८ जना घाइते भएको छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको सफल उद्धार गरिएको छ। साथै, खोज, उद्धार र सहायता कार्य निरन्तर रूपमा भइरहेको छ। प्रभावितलाई खाद्यान्न र अन्य राहत सामग्री प्रदान गरिएको छ भने घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ।
सरकारले उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेको छ र अवरुद्ध राजमार्गहरूलाई खुलाउनका लागि अथक प्रयास भइरहेको पनि तिवारीले बताउनुभयो।



