२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विदेशी लगानीमा सञ्चालित होङ्शी सिमेन्टको उत्पादन अवरुद्ध

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.5K
    SHARES
  • विदेशी लगानीमा सञ्चालित होङ्शी सिमेन्टको उत्पादन अवरुद्ध

    काठमाडौँ : होङ्शी सिमेन्टको उत्पादन हाल अस्थायी रूपमा बन्द भएको छ। नवलपरासीस्थित बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेर विद्युत आपूर्ति अवरुद्ध भएपछि उद्योगले उत्पादन स्थगित गर्न बाध्य भएको हो।

    पूर्व-पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत बर्दघाट नगरपालिका-५ दाउन्ने क्षेत्रमा सडक भासिएपछि त्यसमाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो। टावर ढलेपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्शी शिवम् सिमेन्ट उद्योगमा विद्युत आपूर्ति बन्द भएको छ।

    उद्योगले १३२ केभी प्रसारण लाइनमार्फत् प्रत्यक्ष रूपमा विद्युत आपूर्ति लिँदै आएको थियो। जसमा उद्योगले ३१ मेगावाट विद्युत लोडको स्वीकृति लिएको । तर हाल दैनिक १० मेगावाट मात्र उपभोग गर्दै आएको छ। नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार उद्योगले मासिक रूपमा ७/८ करोड रुपैयाँ विद्युत महसुल तिरिरहेको छ।

    उद्योगलाई विद्युत आपूर्ति सहज बनाउन बर्दघाट–सर्दी १३२ केभीको २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो। जसमा एक सर्किट मात्रै सञ्चालनमा रहेको थियो। वैकल्पिक उपायमार्फत् विद्युत आपूर्ति पुन: सञ्चालन गर्नका लागि नेपाल विद्युत प्राधिकरणको बुटवल ग्रीड महाशाखाले तयारी गरिरहेको जानकारी दिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ