काठमाडौँ : काठमाडौंमा हालैको सडक अवरोधका कारण हवाई यातायातमा चाप अत्यधिक बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ५५९ उडान भई नयाँ कीर्तिमान कायम भएको । यो संख्या हालसम्मकै उच्च हो।
सडकमार्ग अवरुद्ध भएपछि तीन दिनयता यात्रुहरूको हवाई यात्रा तर्फको चापले उडान संख्या बढेको हो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यस्तो चाप गत वर्ष दशैंका समयमा देखिएको थियो।
यस घटनाले काठमाडौं भित्रने र बाहिरिने यात्रुहरूको लागि हवाई सेवा अहिले प्रमुख यातायात माध्यम बनेको पुष्टि गर्छ।



