काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ। बैंकको ७ प्रतिशत बोनस शेयर मूल्य समायोजन भएको हो।
सोमबार कामना सेवा विकास बैंकको अन्तिम कारोबार ६ सय ६२ रुपैयाँ ६० पैसाको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ३२ रुपैयाँ ३४ पैसा कायम भएको छ।
योसँगै, अब आज मंगलबारदेखि कामना सेवा विकास बैंकको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ३० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन, भगवति बाहालमा बिहान १०:३० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।



