२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंक द्वारा चणिकलाल तामाङलाई सम्मान

images

सत्कार खबर
  • २०८१ असोज १४, सोमबार
  • 881
    SHARES
  • महालक्ष्मी विकास बैंक द्वारा चणिकलाल तामाङलाई सम्मान

    काठमाडौं: महालक्ष्मी विकास बैंकले काभ्रेपलाञ्चोक जिल्लाका ३३ वर्षीय चणिकलाल तामाङलाई विशेष सम्मान प्रदान गरेको छ। तामाङले असोज १२ गते ललितपुर महानगरपालिका वडा नं. १३ नख्खुखोलामा आएको बाढीमा बगाइएका दुई व्यक्तिहरूलाई जोखिम मोलेर सकुशल उद्धार गरेका थिए। बैंकले तामाङको साहस, अठोट र तत्परताको कदर गर्दै उहाँलाई रु. १ लाख नगदसहित सम्मान गरेको हो।

    बैंकका तर्फबाट तामाङको प्रयासलाई उच्च सम्मान गर्दै यस्ता नागरिक योगदानले विपद्का समयमा सुरक्षाको सुनिश्चितता र उद्धार कार्यमा नागरिकहरूको सहभागितालाई प्रेरणा दिने विश्वास बैंकले व्यक्त गरेको छ। तामाङले राजु शाह र उनको परिवारका सदस्यलाई बाढीबाट उद्धार गरेका थिए।

    साथै बैंकले हालैको बाढीपहिरोका कारण ज्यान गुमाएका पीडितप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
    महालक्ष्मी विकास बैंकले ३० वर्षदेखि "सबल बैंक सफल सहकार्य" नारासहित नेपालभर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकको  १०३ शाखा कार्यालयहरू र ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ