२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढीपहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

images

  • २०८१ असोज १३, आइतबार
  • 626
    SHARES
  • बाढीपहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

    काठमाडौँ : नेपालमा हालै आएको बाढीपहिरो र डुबानका कारण १ सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता तथा १ सय १ जना घाइते भएका छन्। 

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्रमुख प्रभावित जिल्लाहरूमा ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

    त्यस्तै, दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १/१ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार र खोजीका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालित भएका छन् र अहिलेसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ