२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

images

  • २०८१ असोज ११, शुक्रबार
  • 1.1K
    SHARES
  • सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

    काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त हुनुभएको छ। बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उहाँले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आउनु भएको छ। 

    हालै सूचना अधिकारीमा नियुक्त हुनुभएको उहाँसँग २० वर्षको बैङ्किङ अनुभव रहेको छ। त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल हुनुहुन्छ। उहाँले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभाग समेतको जिम्मेवारी वहन गर्दै आउनु भएको छ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ