२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टाटा मोटर्सद्वारा नयाँ नेक्सन सीएनजी लन्च, २४ किलोमिटर माइलेज

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.3K
    SHARES
  • टाटा मोटर्सद्वारा नयाँ नेक्सन सीएनजी लन्च, २४ किलोमिटर माइलेज

    काठमाडौँ : भारतको प्रमुख गाडी निर्माता टाटा मोटर्सले चाडपर्वको अवसरमा आफ्नो सीएनजी पोर्टफोलियोमा महत्वपूर्ण वृद्धि गरेको छ।

    कम्पनीले आज औपचारिक रूपमा नेक्सन आईसीएनजी बजारमा सार्वजनिक गरेको छ। जसको शुरुआती मूल्य भारु ८.९९ लाख (एक्स-शोरूम) राखिएको छ। आकर्षक डिजाइन र शक्तिशाली इन्जिनले सज्जित यस सीएनजी एसयूभी टाटा मोटर्सको नयाँ पहिचान बन्दै गएको छ।

    यस मोडलसँगै टाटा नेक्सन अब पेट्रोल, डिजेल, सीएनजी र इलेक्ट्रिक सबै भर्सनहरूमा उपलब्ध हुने देशकै पहिलो कार बनेको छ। नेक्सन आईसीएनजी ८ फरक भेरियन्टमा प्रस्तुत गरिएको छ। जसमा स्मार्ट (ओ), स्मार्ट प्लस, प्योर, क्रिएटिभ लगायतका मोडेलहरू छन्।

    नयाँ नेक्सनको डिजाइन फेसलिफ्ट भर्सन जस्तै छ, जसमा स्प्लिट-हेडल्याम्प सेटअप र फराकिलो ग्रिल डिजाइन गरिएको छ। एलईडी डे-टाइम रनिङ लाइटले यसलाई थप आकर्षक बनाएको छ। १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन र ६-स्पिड म्यानुअल गियरबक्सको साथ, यस एसयूभीले ९९ बीएचपी पावर र १७० एनएम टर्क उत्पादन गर्न सक्षम छ। साथै, कम्पनीले डुअल-सिलिन्डर सीएनजी प्रविधि अपनाएर बुट स्पेसको समस्या समाधान गरेको छ।

    टाटा नेक्सनले २४ किमी प्रति किलोको माइलेज दिने दाबी गरेको छ। गाडीको क्याबिनमा नयाँ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पुनः डिजाइन गरिएको इन्टेरियर, र ३६०-डिग्री क्यामेरा, वायरलेस चार्जर, एयर प्युरिफायर जस्ता सुविधाहरू समावेश गरिएको छ। सुरक्षा विशेषतामा ६ एयरब्याग, ईएससी, थ्री प्वाइन्ट सिट बेल्ट, र आपतकालीन असिस्टेन्ट सेवा पनि प्रदान गरिएको छ।

    टाटा मोटर्सको यो नयाँ एसयूभीले ग्राहकहरूलाई थप विकल्प दिने विश्वास गरिएको छ। जसले सवारी साधन बजारमा ठूलो प्रभाव पार्ने देखिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ