२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‍‍प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै

images

  • २०८० कात्तिक १८, शनिबार
  • 1.0K
    SHARES
  • ‍‍प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    कात्तिक १८, काठमाडौँ :  प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै हुनुहुन्छ। प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिनुभयो।

    उद्धार र घाइतेहरुको उपचारकाे व्यवस्थानका लागि उहाँ स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

    शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ