२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकद्वारा गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.6K
    SHARES
  • कुमारी बैंकद्वारा गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न

    काठमाडौँ : कुमारी बैंकले युएसएडसँगको साझेदारीमा सञ्चालन गर्दै आएको "देशै भरि बर्षै भरि" उद्यमशीलता विकास तथा प्रवर्द्धन अभियान अन्तर्गत, काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका महिला उद्यमीहरूलाई वित्तीय प्रशिक्षण सम्पन्न गरेको छ। 

    बैंकले स्थानीय सरकारसँग समन्वय गर्दै नगरका महिलाहरूलाई उद्यमशीलता विकासका लागि आवश्यक वित्तीय ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै उद्यमी सोचको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    कुमारी बैंकले यो अभियानलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहित सन्देशमूलक भिडियोहरू समेत प्रकाशन र प्रसारण गर्दै आएको छ। यस अभियानको मूल उद्देश्य वित्तीय ज्ञान र व्यवहारिक सिपको माध्यमबाट उद्यमीहरूलाई सशक्त बनाउनु हो। बैंकले प्रशिक्षणमा सहभागी महिलाहरूलाई वित्तीय साक्षरता र उद्यमशीलतासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी र व्यवहारिक सीप प्रदान गरेको छ।  जसले उनीहरूलाई व्यावसायिक यात्रामा सहयोग पुर्‍याउनेछ।

    बैंकले महिला उद्यमीहरूलाई वित्तीय साक्षरता र उद्यमी कौशल प्रदान गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याएको छ। यस प्रशिक्षणले उनीहरूको आत्मविश्वास बढाउँदै उनीहरूको उद्यमशीलता क्षमता विस्तार गर्नेछ। 

    स्थानीय स्तरमा आर्थिक समृद्धिको लागि महिला उद्यमीहरूको भूमिका अपरिहार्य छ, र यो प्रशिक्षणले उनीहरूलाई व्यावसायिक निर्णयमा सशक्त बनाउनेछ। बैंकको यस्तो पहलले दीर्घकालीन आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    विगत २३ वर्षदेखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैङ्किङ इकाइहरू मार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ। 

    बैंकले आफ्ना ग्राहकहरूको वित्तीय ज्ञान अभिवृद्धि गर्दै उनीहरूको जीवनस्तर सुधार्न वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। बैंकले स्थानीय उद्यमीहरूसँग सहकार्य गर्दै सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ