२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१२२ मुलुकसँग व्यापार गर्दा नेपाललाई १८ देशसँग मात्र नाफा

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.1K
    SHARES
  • १२२ मुलुकसँग व्यापार गर्दा नेपाललाई १८ देशसँग मात्र नाफा

    काठमाडौँ : वैदेशिक व्यापारमा नेपालले अधिकांश देशसँग घाटा बेहोरेको छ। चालु आर्थिक वर्षको साउन र भदौमा मात्र नेपालले २ खर्ब ३७ अर्ब रुपैयाँ घाटा वेहोरेको छ। समीक्षा अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ भने यताबाट २५ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्र मालवस्तु निर्यात गर्न सफल भएको छ।

    नेपालले १२२ देशसँग व्यापार गरेको छ। जसमध्ये १०४ देशसँग घाटा बेहोरेको छ भने १८ देशसँग मात्र केही नाफा गरेको भन्सार विभागले जनाएको छ। नेपालले अफगानिस्तान, अस्ट्रेलिया, रुस, पानामा, माल्दिभ्स लगायतका मुलुकहरूसँग नाफा गरेको छ।

    सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको छ, जसमा भारत पहिलो स्थानमा र चीन दोस्रो स्थानमा छ। भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड रुपैयाँ घाटा रहेको छ भने चीनसँग ५१ अर्ब ८० करोड रुपैयाँ घाटा रहेको छ।

    समीक्षा अवधिमा नेपालले भारतबाट १ खर्ब ६० अर्ब ६५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ। तर, जम्मा १५ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ। चीनतर्फ नेपालले ५२ अर्ब १० करोड रुपैयाँ बराबरको आयात गरे पनि निर्यात जम्मा २९ करोड ७४ लाख रुपैयाँ बराबरको मात्र रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ