काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ५९.०२ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५९.०२ अंक घटेर २५२९.३३ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ९.०१ अंक, फ्लोट इण्डेक्स ४.०३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२४ अंक घटेको छ।
आज कारोबार रकम भने केहि बढेको छ। हिजो आइतबार ५ अर्ब ९ करोड २९ लाख ४८ हजारको शेयर कारोबार भएको बजारमा आज ३ सय २९ कम्पनीको ७७ हजार १ सय ५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज नेपाल फाइनान्सको शीर्ष स्थानमा २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको १३ करोड ३९लाख तथा हिमालयन रि इन्स्योरेन्सको १२ करोड ५२लाखभन्दा बढीको शेयर किनबेच भएको छ।
आज १३ उपसमूह परिसूचक घटेको छ। आज कारोबारमा आएका ३२९ कम्पनीमध्ये १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ तथा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज हिमालयन हाइड्रोपावरको मूल्य सर्वाधिक ९.८४ प्रतिशत तथा एक्सेल डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।



