काठमाडौँ : मुक्तिनाथ कृषि कम्पनीले आकाश टेक प्रालिसँग सम्झौता गरेको छ। मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रालिसँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवाहरू उपलब्ध गराउने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरेको छ।
यस सम्झौताले कम्पनीका ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई अझ प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ र अब ग्राहकहरूसँगको संवादलाई डिजिटल माध्यमबाट छिटो, सहज र विश्वसनीय बनाउनेछ।
मुक्तिनाथ कृषि कम्पनीले यसलाई ग्राहकहरूसँगको सम्बन्ध सुधार्न र उनीहरूको आवश्यकताहरूलाई छिटो सम्बोधन गर्न महत्त्वपूर्ण कदमको रूपमा लिएको छ। सम्झौता हस्ताक्षर समारोहमा दुबै पक्षले भविष्यमा अझ प्रविधिमैत्री र सेवा केन्द्रित रणनीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



