काठमाडौँ : नेपाल राष्ट्र बैंकको हालैको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनमा गिरावट देखिएको छ। असोज ३ गते बिहीबारसम्म बैंकिङ प्रणालीमा कुल ६५ खर्ब १७ अर्ब निक्षेप संकलन भएको छ। जुन अघिल्लो दिनको ६५ खर्ब २१ अर्बबाट ४ अर्बले घटेको हो।
यस्तै, वाणिज्य बैंकहरूको निक्षेप संकलन पनि सोही अवधिमा ४ अर्बले घटेको छ। असोज २ गते बुधबारसम्म वाणिज्य बैंकहरूले ५७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका थिए। जुन बिहीबार घटेर ५७ खर्ब ८९ अर्बमा पुगेको छ।
कर्जा प्रवाहमा भने स्थिरता देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका छन्। जुन बुधबार र बिहीबार दुवै दिनमा समान रहेको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा भने १ अर्बको झिनो गिरावट आएको छ। जस अनुसार बिहीबार ४६ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ भने औसत सीडी रेसियो ७८.७६ प्रतिशत रहेको छ।



