२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्टबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

images

  • २०८१ असोज ६, आइतबार
  • 2.1K
    SHARES
  • सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्टबीच सम्झौता, ग्राहकलाई १५  प्रतिशतसम्म छुट

    काठमाडौँ : सिद्धार्थ बैँक लिमिटेड र जङ्गल भिल्ला रिसोर्ट प्रा.लि. बीच सम्झौता भएको छ। सिद्धार्थ बैँक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। 

    यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ। 

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ