२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्लाइउड व्यापार चम्किँदा भगवती लेमिनेट्सको कारोबारमा उछाल

images

  • २०८१ असोज ६, आइतबार
  • 1.4K
    SHARES
  • प्लाइउड व्यापार चम्किँदा भगवती लेमिनेट्सको कारोबारमा उछाल

    काठमाडौँ : नेप्लाई ब्राण्ड अन्तर्गत प्लाइउड र त्यसका सामग्रीहरूको उत्पादन गर्ने कम्पनी भगवती लेमिनेट्सको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२१ मा कम्पनीले ६४ करोड ८० लाख रुपैयाँको व्यापार गर्यो। जुन क्रमशः सन् २०२२ मा ७८ करोड ४० लाख, सन् २०२३ मा ९९ करोड १० लाख रुपैयाँर र सन् २०२४ मा १ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।

    उत्पादन र क्षमता :

    सन् २०१६ मा स्थापना भएको यस कम्पनीले झापा जिल्लाको मेचिनगर नगरपालिका स्थित उत्पादन कारखानाबाट प्लाइउड र त्यसका सामग्रीहरूको उत्पादन गर्दै आएको छ। यहाँको उत्पादनमा उच्च गुणस्तर र विविधता सुनिश्चित गर्न ध्यान दिइन्छ। यहाँ वार्षिक रूपमा ३४ लाख २० हजार स्क्वायर मिटर प्लाइउड र १२ लाख पिस लेमिनेट्स उत्पादन गर्न सक्ने क्षमता छ। यसले कम्पनीलाई बजारमा महत्वपूर्ण प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ।

    स्वामित्व र व्यवस्थापन :

    कम्पनीको स्वामित्व विभिन्न ७ व्यक्तिहरूसँग छ। जसमा विनित अग्रवात, रजनिश कर्ननी र निर्मला कर्ननी जस्ता प्रमुख व्यक्ति समावेश छन्। उहाँहरूले कम्पनीको रणनीतिक निर्णय र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन्। जसले कम्पनीको स्थिरता र दीगो विकासमा मद्दत पुर्याएको छ।

    कर्जा क्षमतामा कमी : 

    व्यापारमा वृद्धि भइरहँदा कम्पनीको कर्जा क्षमतामा कमी आएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले अघिल्लो वर्ष १ अर्ब १० करोडको कर्जा सुविधाका लागि रेटिङ दिएकोमा हाल ७४ करोड १६ लाखको कर्जा सुविधाका लागि रेटिङ दिएको छ। यसमा ४० करोड १६ लाखको दीर्घकालिन कर्जा सुविधाका लागि एल डबल बी माइनस र ३४ करोडको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिइएको छ।

    भविष्यको दिशा :

    कम्पनीको व्यापारिक वृद्धि सँगै कर्जा क्षमतामा कमीले भविष्यका चुनौतीहरू प्रस्तुत गर्न सक्छ। यद्यपि, उच्च उत्पादन क्षमताले र बजारमा राम्रो उपस्थितिले भगवती लेमिनेट्सलाई दीगो विकासको मार्गमा अघि बढ्नमा सहयोग पुर्याउनेछ। कम्पनीले आफ्नो व्यवसायिक रणनीतिहरूलाई परिमार्जन गरेर र नयाँ अवसरहरू पहिचान गरेर दीर्घकालिक स्थिरता हासिल गर्न सक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ