२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

केन्द्रीय बैंकद्वारा तरलता व्यवस्थापनको जारी, भदौ महिनामै तान्यो ४ खर्ब ७० अर्ब

images

  • २०८१ असोज ५, शनिबार
  • 1.2K
    SHARES
  • केन्द्रीय बैंकद्वारा तरलता व्यवस्थापनको जारी, भदौ महिनामै तान्यो ४ खर्ब ७० अर्ब

    काठमाडौँ : केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलतालाई व्यवस्थापन गर्नका निमित्त गत भदौ महिनाभर ४ खर्ब ७० अर्ब तरलता प्रशोधन गरेको छ। एकै महिना ४ खर्ब ७० अर्ब रुपैयाँ तानेपछि हाल वाणिज्य बैंकहरूमा कूल लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ।

    राष्ट्र बैंकले बैंकहरूमा लगानी थुप्रिएर अन्तर बैंक ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तान्ने कार्यमा जुटेको हो। मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेपको ९० प्रतिशतसम्म कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पाउने सुविधा दिएको छ। तर, हाल बैंकहरूले ७८.७९ प्रतिशत सीडी रेसियो कायम गरेका छन्।

    बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न कठिनाइ हुने गर्दछ। यस कठिनाईलाई न्यूनीकरण गर्नकै लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणहरूको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्ने गर्दछ। हाल हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार बैंकहरूले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधा छ।

    राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत तोकेको छ। हाल बैंकिङ प्रणालीमा निक्षेप ६५ खर्ब ५ अर्ब र कुल कर्जा लगानी ५२ खर्ब १६ अर्ब पुगेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार, अन्तर बैंक ब्याजदर न्यूनतम ३ प्रतिशत कायम भएको छ।

    बैंकहरूले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता रहेमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफैँ निक्षेप प्रशोधन गर्दै आएको छ।

    liquidity maintanance.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ