२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

images

  • २०८१ असोज ५, शनिबार
  • 1.3K
    SHARES
  • दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    काठमाडौँ : यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार राति एक सूचना जारी गर्दै दशैंको साइतहरुबारे जानकारी गराएको हो।

    २०८१ सालको दशैं असोज १७ गते घटस्थापनासँग सुरु हुन्छ। घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। असोज १८ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिको जारी गरेको सूचनामा उल्लेख छ।

    असोज २२ गते पचलीभैरव यात्रा र असोज २४ गते फूलपाती रहेको छ। फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ भने स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा हुनेछ। यस दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ।

    असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुने हुँदा दशैंको चहलपहल समेत ह्वात्तै बढ्ने गर्छ। असोज २५ गते महाअष्टमी, कालरात्रि, र महानवमी एकै दिन परेको छ।

    दशैंको मुख्य दिन असोज २६ गते टीका हो। बिहान ११ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ। विसर्जनपछि मान्यजनबाट टीका-जमरा ग्रहण गरिन्छ। टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

    समितिका अनुसार  टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा परेको छ। यही दिनबाट दशैंको समापन हुन्छ।

    tika.jpg
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ