काठमाडौँ : चाडपर्वलाई लक्षित गर्दै र डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पे इन्स्ट्यान्टमार्फत हुने फण्ड ट्रान्स्फर सेवा निःशुल्क गरिएको छ।
अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध गराउने बैंक र वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरू र कनेक्ट आईपीएस प्रयोगकर्ताहरूले निःशुल्क रूपमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्। यस सुविधा असोज ३० गतेसम्म २६ वटा बैंक तथा वित्तीय संस्थाहरूमा फण्ड ट्रान्स्फर गर्नका लागि उपलब्ध हुनेछ।
नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सी-आधारित डाइरेक्ट क्रेडिट उपकरण हो। जसले लाभग्राहीको Virtual Private Address (VPA) अर्थात् मोबाइल नम्बरको आधारमा सीधै फण्ड ट्रान्स्फर गर्न सुविधा प्रदान गर्दछ।
हाल नेपाल पे इन्स्ट्यान्टको सेवा कनेक्ट आईपीएससँगै कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक र साङ्रिला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरूमा उपलब्ध छ। जसले ग्राहकहरूलाई अझ सहज र डिजिटल रूपान्तरणमा टेवा पुर्याउनेछ।



