काठमाडौँ : टाटाको पन्च इभी एकैपटक चार शहरमा लन्च गरिएको छ। टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवन, पोखरा, बुटवल र भैरहवामा एकसाथ पन्च इभी लन्च गरेको हो।
सिप्रदीले यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई एकैदिन चारवटै शहरमा औपचारिक रूपमा लन्च गरेको हो। पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए भने चितवनमा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए।
यस्तै, भैरहवा र बुटवलमा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ उपस्थित थिए।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताउनुभयो।
पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा उनी उत्साहित थिए। उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको बताउनुभयो।
साथै, भैरहवा-बुटवलको कार्यक्रममा सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए।
यस अवसरमा पोखरा, चितवन, बुटवल, र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो। गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च इभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए।
टाटा पन्च ईभीको भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधाहरू उपलब्ध छन्। यस गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले BNCAP मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ। जसले यसलाई सुरक्षा र सुविधा दुबैमा उत्कृष्ट बनाउँछ।
टाटा पन्च इभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।



