२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सव आज, कारोबार समेत बन्द हुने

images

  • २०८१ भदौ ३१, सोमबार
  • 501
    SHARES
  • कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सव आज, कारोबार समेत बन्द हुने

    काठमाडौं : कर्मचारी सञ्चय कोषले आज ६३ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा कार्यक्रम हुने भएकाले आज एक दिन कारोबारसमेत बन्द हुने कोषले जनाएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बेलुका ४ बजे हुने कार्यक्रममा कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरिएको छ । कर्मचारी सञ्चय कोषले सेवारत सञ्चयकर्तालाई केही सहायता दिने गरी सहुलियतपूर्ण कर्जाहरु दिने गरेको छ ।

    बजारमा चलेको भन्दा सहुलियतामा कर्जा दिने गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताउनुभयो । कोषले घर सापटी र मर्मत कर्जा, बालबालिका अध्ययन कर्जा, जग्गा खरिदलाई कर्जा दिने गरेको छ ।

    यस्तै कोषले सामाजिक सुरक्षाका सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ । सञ्चयकर्ता बिरामी हुँदा उपचार, दुर्घटनामा क्षतिपूर्ति, सुत्केरी खर्च, सञ्चयकर्ताको ज्यान गएमा परिवारका लागि खर्च दिने लगायतका सुविधाहरु कोषले दिँदै आएको छ  । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ