काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा बैंकले ब्याजदर घटाएको छ।
असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। यसअघि भदौ महिनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर प्रदान गरेको थियो, जुन असोजमा घटाइएको हो।
बैंकले असोज महिनामा आफ्नो आधार दर ७.२९ प्रतिशत कायम गरेको छ। जुन भदौ महिनामा ७.४५ प्रतिशत थियो।



