काठमाडौँ : सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक डिलर प्राइम अटो ट्रेडर्सले वीरगञ्जमा नयाँ शोरूमको उद्घाटन गर्दै टाटा पन्च ईभी गाडीको डेलिभरी सुरु गरेको छ। कार्यक्रमको अवसरमा गाडी बुक गरेका ग्राहकहरूलाई गाडी हस्तान्तरण गरिएको थियो।
शोरूम उद्घाटन सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संयुक्त रूपमा गरे। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, र सिप्रदी वीरगञ्ज शाखाका प्रमुख सन्दीप गुप्ता पनि उपस्थित थिए।
प्राइम अटो ट्रेडर्सका निर्देशक सुवोध सापकोटाले पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्ज लन्चको अवसरमा नयाँ शोरूम पनि उद्घाटन गरिएको जानकारी दिए। उनले कार्यक्रममै पन्च ईभी बुक गरेका ग्राहकहरूलाई गाडी डेलिभरी गर्न पाउँदा हर्षित भएको बताए।
टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। पन्च ईभीमा भ्वाइस-असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कार प्लेको सुविधा उपलब्ध छन्। यसका साथै, पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ।



