काठमाडौँ : कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा मृत्यु भएपछि उहाँका श्रीमान् इन्द्र नारायण श्रेष्ठलाई १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरेको छ। उक्त रकम पोखराको बसपार्क शाखाबाट प्रदान गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बीमा दाबी रकम प्राप्त भएपश्चात् कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।
कुमारी बैंकले आफ्नो परिवार सुरक्षा बचत खाता योजनामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। जसअन्तर्गत खातावाला र उहाँको परिवारका ४ सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्दछन्। यो योजनामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूको लागि बीमा सुविधा समावेश गरिएको छ।
विगत ५ वर्षदेखि यो योजना सञ्चालन गर्दै आएको कुमारी बैंकले ग्राहकहरूको सुविधाका लागि विभिन्न उत्कृष्ट सुविधाहरू प्रदान गरिरहेको छ। कुमारी बैंकले २३ वर्षदेखि निरन्तर बैङ्किङ सेवा दिँदै आइरहेको छ र कुमारी बैंक लि. डिजिटल बैंकिङ्ग प्रणालीको प्रवर्द्धन गर्दछ ।
कुमारी बैङ्कको देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरू रहेका छन्। आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।



