२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

५०.७३ अङ्कले घट्यो नेप्से, १० अर्ब ३३ करोडको कारोबार

images

  • २०८१ भदौ ३०, आइतबार
  • 991
    SHARES
  • ५०.७३ अङ्कले घट्यो नेप्से, १० अर्ब ३३ करोडको कारोबार

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५०.७३ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५०.७३ अंक घटेर २६३७.७९ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ७.८१ अंक, फ्लोट इण्डेक्स ३.४३अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ।

    आज १३ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधकि ३.६३ प्रतिशत, वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशत तथा विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज नेप्सेसँगै कारोबार रकम भने केहि बढेको छ। गत बिहीबार ८ अर्ब १६ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय २४ कम्पनीको १ लाख १९ हजार ७ सय ३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढी तथा हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज ४ कम्पनीको शेयर सर्वाधिक १० प्रतिशत बढेको छ जसमा रिभरफल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इष्टर्न हाइड्रोपावर रहेका छन्। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयर भने सर्वाधिक १० प्रतिशत घटेको छ। आज २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १९ कम्पनीको घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    11Capture.JPG
    Source : Nepal Stock Exchange 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ