२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकाले लगायो रुसको समाचार च्यानल आरटीमाथि प्रतिबन्ध

images

  • २०८१ भदौ २९, शनिबार
  • 876
    SHARES
  • अमेरिकाले लगायो रुसको समाचार च्यानल आरटीमाथि प्रतिबन्ध

    काठमाडौं : अमेरिकाले रुसको चर्चित समाचार च्यानल आरटीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त च्यानल रुसी खुफियातन्त्रको हिस्सा बनेको भन्दै प्रतिबन्ध लगाएको प्रतिक्रिया दिए। 

    पत्रकार सम्मेलन गरी ब्लिंकनले रुस सरकार समर्थित मिडिया आरटीले अमेरिकी लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको भन्दै प्रतिबन्ध लगाएको बताए। उनले आरटीमा साइबर परिचालन क्षमता र रुसी खुफिया जानकारीसँग सम्बन्धित युनिट समावेश गरिएको आरोप लगाए। 

    ब्लिंकनको उक्त टिप्पणीसहित प्रतिबन्ध लगाउने घोषणा कार्यक्रम आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् लाइभ गरिरहेको आरटीले उक्त निर्णयलाई अमेरिकाको नयाँ चालबाजीको संज्ञा दिएको छ। 

    अमेरिकाले आरटीका प्रधान सम्पादक मार्गरिटा सिमोनियन र अरु केही कर्मचारीलाई अमेरिकाका चुनाव प्रभावित पार्ने प्रयास गरेको भन्दै गत हप्ता प्रतिबन्ध लगाएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ