काठमाडौं : एसियाली विकास बैंककी ऊर्जा विभागकी निर्देशक सुजता गुप्ताले नेपालमा प्रसारणलाइनका लागि ठूलो लगानी चाहिएको बताउनु भएको छ। नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै गुप्ताले नेपालको ऊर्जा क्षेत्रमा विकास गर्नका लागि प्रसारणलाईनमा ठूलो परिणामको आवश्यक्ता रहेको बताउनु भएको हो।
उहाँका अनुसार अहिले नेपालको निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित छ । सोहीकारण प्रसारणलाईनको विकासका लागि ठूलो लगानीको आवश्यक्ता रहेको बताउनु भयो।
अहिलेसम्म नेपालमा ९८ प्रतिशत विद्युतीकरण भएको छ। ‘नेपालको विकास साझेदार भएकामा खुसी र गर्व लागेको छ,’ उनले भनिन्, ‘सकारात्मक विकास भइरहेको छ।
यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल )इप्पान) का अध्यक्ष गणेश कार्कीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य राखेको र उक्त लक्ष्य पूरा गर्न सकिने बताउनु भयो। नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट लैजाने सम्झौता गरेको छ।



