काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था आफूहरु लागि परेको मन्त्री पौडेलको भनाई थियो ।
शुक्रवार वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सरकारी कर्मचारीहरुको तलवको २ प्रतिशत रकम
पनि स्वास्थ्य विमा कार्यक्रममा लागि छुट्याउनुपर्ने प्रश्ताव गर्नुभयो । स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताउनु भयो ।
त्यस अवसरमा उहाँले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।



