२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६० किलो सुन तस्करी प्रकरण: हङकङ नागरिक पक्राउ

images

  • २०८१ भदौ २७, बिहीबार
  • 886
    SHARES
  • ६० किलो सुन तस्करी प्रकरण: हङकङ नागरिक पक्राउ

    काठमाडौं : गएको २०८० साउन २ गते प्रहरीले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम अवैध सुन तस्करी प्रकरणमा एकजना विदेशी नागरिक पक्राउ परेका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको ठमेलस्थित वाल्डो होटलमा सञ्चालित वाल्डो क्यासिनोका म्यानेजिङ डाइरेक्टर हङकङ नागरिक ५५ वर्षीय मिन्टसिङ टेरेन्स सेलाई पक्राउ गरेको हो।

    भदौ २५ गते पक्राउ परेको उनीमाथि भन्सार चोरी पैठारी तथा संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन मुद्दामा अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा मुद्दा छ।

    उनी लगायत सो प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले वाल्डो क्यासिनो मार्फत अवैध कारोबार गरेको अभियोगमा अवैध सुन कारोबारतर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ ९० पैसा र  नेपाल राष्ट्र बैंक ऐन सम्बन्धी कसूरतर्फ १५ करोड २५ लाख बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ