२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टाटा पन्च ईभी काठमाडौं बाहिर बिक्री सुरु, बुकिङ गरेका ग्राहकलाई डेलिभरी

images

  • २०८१ भदौ २७, बिहीबार
  • 1.1K
    SHARES
  • टाटा पन्च ईभी काठमाडौं बाहिर बिक्री सुरु, बुकिङ गरेका ग्राहकलाई डेलिभरी

    काठमाडौँ : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभीको रिजनल लन्च पूर्वी नेपालबाट सुरु गरेको छ। बिर्तामोडस्थित अलास्का अटोमोबाइल र बिराटनगरस्थित गोयल अटोमा आयोजित लन्च कार्यक्रममा ग्राहकलाई गाडी हस्तान्तरण गरिएको छ।

    सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र उद्योग बाणिज्य संघका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा गाडीको मूल्य र सुविधाबारे चर्चा गरिएको थियो।

    अलास्का अटोमोबाइलका प्रोपाइटर प्रकाश सिवाकोटीले पूर्वको क्षेत्रको विशेषतासँग मेल खाने गाडीको लन्चले ग्राहकलाई आकर्षित गरेको बताए। त्यस्तै, गोयल अटोका स्नेह गोयलले पन्च ईभीको माग बढ्दै गएको र बिराटनगरमा डेलिभरी गर्न पाउँदा गर्व महसुस भएको जानकारी दिए।

    टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको छ। यस मोडलमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको सुविधा उपलब्ध छ। पन्च ईभीका विभिन्न भेरियन्टहरूको मूल्य क्रमशः इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, इमपावर्ड एलआर ३६ लाख ९९ हजार, र इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रहेको छ।

    पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमी छ र यसले ५ स्टार सेफ्टी रेटिंग प्राप्त गरेको छ। आगामी दिनहरूमा टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा पनि हुने अपेक्षा गरिएको छ।

    कार्यक्रम केही झलकहरू : 

    000000.jpg00000.jpg0000.jpg000.jpg00.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ