२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ह्यारिस र ट्रम्प पहिलो पहिलो पटक आमनेसामने हुँदै

images

सत्कार खबर
  • २०८१ भदौ २५, मंगलबार
  • 741
    SHARES
  • ह्यारिस र ट्रम्प पहिलो पहिलो पटक आमनेसामने हुँदै

    एजेन्सी : अमेरिकी राष्ट्रपतिका लागि उम्मेद्वार कमला ह्यारिस र डोनाल्ड ट्रम्प आज टेलिभिजन मार्फत हुने राष्ट्रपतीय बहसमा सहभागी हुनुहुने भएको छ । अमेरिकामा आज दोस्रो चरणको राष्ट्रपतीय बहस हुन लागेको हो ।

    यसअघि भएको पहिलो चरणको बहसमा ट्रम्प र चुनावबाट बाहिरिने निर्णय गर्नुअघि राष्ट्रपति जो वाइडेन सहभागी हुनुभएको थियो ।

    बहस दोस्रो पटक हुन लागेको भएपनि डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्प भने पहिलो पटकसँगै बहसमा सहभागी हुन लाग्नुभएको बीबीसीले जनाएको छ ।

    यो बहस टेलिभिजनमा धेरैले हेर्ने र कसलाई भोट दिने भन्ने तय गर्न अमेरिकी मतदातालाई सहयोग पुग्ने अपेक्षा छ ।आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका सन्दर्भमा लामो समयदेखि विभिन्न सर्वेक्षण हुँदै आएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ